दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने
पाेखरा | मंसिर १, २०८१
पोखरा महानगरपालिका २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ ।
दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो ।
सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना भएकाले गुरुयोजना बनाएर धार्मिक क्षेत्रको रुपमा विकास गर्न लागिएको दोबिल्लाघाट संरक्षणा तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले बताए ।
१ सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने अध्यक्ष रायमाझीले बताए ।
धार्मिक स्थाल बनाउने प्रयास स्वरुप समितिले आउदो मंसिर तीन गते सो स्थानमा शिवमन्दीरको शिलान्यास गरिने उनले बताए ।
देवघाट गहेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दीर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १ हजार ८ आत्मनन्द गिरी महाराज जीको प्रमुख आतिथ्यतामा शिवमन्दीरको शिलन्यास गरिने समितिका उपाध्यक्ष नारायाण गिरिले जानकारी दिए ।
स्थानीयको सहभागितामा कलश यात्रासहित बिहान सवा ९ बजेको शुभ साइतमा मन्दीरको शिलान्यास हुनेछ ।
त्यसभन्दा पहिले स्थानीयको सहभागितामा कलय यात्रा १ सय ८ धारासहितको शिवमन्दीर निर्माण हुने समितिले जनाएको छ ।
घाटमा यस पहिलो शवदाह स्थलमा मलामीको विश्रामका लागि प्रतिक्षालय, अन्त्येष्टिका लागि आवश्यक दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको छ ।
गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए । मन्दीर, आवास भवन निर्माण गर्ने ठुलाएकादशी र शिवरात्रीमा मेला लगाउने समितिको योजना छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

